२० असार २०८३, शनिबार

गोरखामा खोला तर्ने क्रममा चिप्लिएर बगेका युवकको मृत्यु

असार १९, २०७८
गोरखामा खोला तर्ने क्रममा चिप्लिएर बगेका युवकको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ ।

बिहान साढे ९ बजे आरुघाट गाउँपालिका-३, फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। 

खोलाले बगाएर करिब २० मिटर तल पु¥याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीयवासी देखेर उद्धार गरेको उनले जानकारी दिए । 

अचेत अवस्था उद्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो । उनको उपचार गर्दागर्दै  करिब ११ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक दाहालले बताए । लगातारको वर्षाका कारण उर्लिएर आएको फुङ्गीखोला लामालाई बगाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्