०५ साउन २०८३, मंगलबार

संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई एमालेको निर्देशन

संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई एमालेको निर्देशन

नेकपा एमालेको केन्द्रीय समिति बैठकले संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ ।
शनिबारको बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पारेका थिए ।

नेकपा एमाले विरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गरे । अध्यक्ष ओलीले अर्को बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाडौमा बस्ने गरि सुचना आउने जानकारी पनि बैठकलाई गराएको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

उनले भने, “बैठकमा पार्टी अध्यक्षले स्पष्ट रुपमा के भन्नुभएको छ भने, पार्टीको १४ औ बैठक अर्थात् आगामी बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाण्डौमा बस्ने गरि सुचना आउने छ । ”
प्रधानमन्त्री ओलीले अहिले विपक्षी मोर्चामा सामेल भएकालाई सर्वोच्च अदालतको फैसला आउनु अघि नै सच्चिएर आउन आग्रह पनि गरेको प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्