२२ जेठ २०८३, शुक्रबार

गाउँमै पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा

कात्तिक २०, २०७४
गाउँमै पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा
लमजुङ, बेसीसहर, २४ जेठ – लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेको भन्दै स्थानीयवासीले भव्य स्वागत गरेका छन् । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पुगेका प्रजिअ र प्रहरी नायब उपरीक्षकसहितको टोलीलाई स्थानीयवासीले भव्य स्वागत सम्मान गरेका हुन् ।

जिल्ला समन्वय समिति, लमजुङले आयोजना गरेको होमस्टेसम्बन्धी कार्यशालामा सहभागी हुन शुक्रबार पहिलोपटक प्रजिअ युवराज मैनाली र प्रनाउ समीरचन्द्र खरेल सहितको टोली सिउरुङ पुगेको थियो ।

गाउँमा प्रजिअ आएपछि स्वागतका लागि वृद्धवृद्धा पनि निकै उत्साहित देखिएका थिए । “गाउँमा कति पाहुना आए, कति देशका पाहुना आए, तर जिल्लाका सिडियो साप आएको पहिलो पटक हो”, स्थानीयवासी ८२ वर्षीया तार्खु घलेले भन्नुभयो, “हामीले जिल्लाका हाकिमलाई गाउँमा देखेको पहिलो पटक हो ।”

सिउरुङ पुग्नका लागि सदरमुकाम बेँसीसहरबाट हिँडेर पहिले ६ घन्टा लाग्ने गर्दथ्यो तर अहिले मोटरबाट दुई घन्टामा पुग्न सकिन्छ । भौगोलिक विकटताका कारण जिल्लाका हाकिमले प्राथमिकता नदिएको स्थानीयवासीको गुनासो थियो ।

सिउरुङमा दैनिक ३० जनाको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनका लागि गाउँमा महोत्सवसमेत हुने गरेको छ । तर पनि जिल्लाका हाकिम भने अहिलेसम्म गाउँ नआएको पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताउनुभयो ।

सिउरुङलाई २०६२ सालदेखि पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । गाउँमा पुगेका पाहुनालाई सामूहिक पाहुनाघरमा राखेर सत्कार गर्नाका साथै घाँटु, रोधी लगायतका परम्परागत नृत्य प्रस्तुत गरी सम्मान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्