काठमाडौं, २४ जेठ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा कांग्रेसबाट सहभागि हुने दुई मन्त्रीको टुंगो लागेको छ । देउवाले ज्ञानेनन्द्रबहादुर कार्की र गोपालमान श्रेष्ठको नाम टुंग्याएका हुन् । कार्कीले भौतिक योजना वा संचार मन्त्रालय पाउँदैछन् । श्रेष्ठले पाउने मन्त्रीको विषयमा टुंगो लागेको छैन । देउवाले महेश आचार्यलाई पनि पहिलो चरणमै अर्थमन्त्री बनाएर सरकारमा लैजाने चर्चा चलेको छ ।

माओवादी केन्द्रको हेडक्वाटर बैठकमा चर्काचर्की भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा माओवादीको हेडक्वाटर बैठक जारी छ । तर बैठकमा तीन जना ठूला नेताले उपप्रधानमन्त्रीको दावी गरेपछि बैठकमा चर्काचर्की भएको छ ।
बैठकमा चर्काचर्की मात्रै भएन बैठक समेत लम्बिएको छ । जनार्दन शर्मा, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीले उपप्रधानमन्त्री सहित सकारमा जान पाउनुपर्ने दावी गरेपछि बैठक लम्बिएको हो ।