१८ असार २०८३, बिहीबार

सानेपा हत्या प्रकरण : मृतक भारतीय नागरिक, कुकुरको सहायतामा प्रारम्भिक अनुसन्धान हुँदै

सानेपा हत्या प्रकरण : मृतक भारतीय नागरिक, कुकुरको सहायतामा प्रारम्भिक अनुसन्धान हुँदै

ललितपुरको सानेपामा मृत अवस्थामा फेला परेका पुरुष भारतीय नागरिक भएको खुलेको छ ।

सानेपाको गुसिटोलमा रहेको राममन्दिरनजिकै डेराभित्र ती पुरुषको शव घोप्टो परेको अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

तिनले इलेक्ट्रोनिक्स सामान बिक्री वितरण गर्दै आएको खुलेको छ भने मृत्यु शुक्रवारतिरै भएको हुनसक्ने प्रहरी अनुमान छ । शव गन्हाउन थालिसकेको अवस्थामा फेला परेको थियो ।

घटनास्थल हेर्दा झ्यालबाट छिरेर हत्या गरेको जस्तो देखिने प्रहरीले जनाएको छ ।

अहिले तालिमप्राप्त कुकुरको सहयोगमा हत्यारा खोज्ने काम भइरहेको छ ।

डेरामा पसेको कुकुर त्यहाँबाट निस्किएर सडकतर्फ अगाडि बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्