१७ असार २०८३, बुधबार

कृष्ण सागरमा रुसका लडाकू विमानहरूले गरे खतरनाक अभ्यास

असार २०, २०७८
कृष्ण सागरमा रुसका लडाकू विमानहरूले गरे खतरनाक अभ्यास

कृष्ण सागर (ब्ल्याक सी) मा तनाव बढिरहेको अवस्थामा रुसका लडाकू विमानहरूले नक्कली शत्रुको युद्धपोत बनाएर त्यसमा सटीक बमवर्षाको अभ्यास गरेका छन् । 

रुसी जलसेनाको कृष्ण सागर फ्लीटका लडाकू विमानहरूले दक्षिणी सैन्य कमान्डसँग मिलेर संयुक्त जलसैन्य अभ्यास गरेका हुन् । त्यसक्रममा शत्रुका युद्धपोतमाथि बम खसाउने र क्षेप्यास्त्र प्रहार गर्ने अभ्यास गरिएको थियो । 

आजकल अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोले पनि अन्य देशका सेनासँग मिलेर कृष्ण सागरमा युद्धाभ्यास गरिरहेको छ ।

रुसको अभ्यासमा सुखोई–३० एसएम, सुखोई एसयू–२४, सुखोई एसयू–३४ लगायतका युद्धविमानहरू सहभागी थिए । 

रुसी वायुसेनाले दुई दिनअघि मात्र क्राइमियामा एस–४०० क्षेप्यास्त्र प्रणालीको परीक्षण गरेको थियो । रुसका सैन्य अधिकारीहरूले यस मिसाइल डिफेन्स सिस्टमको अपरेसनल तयारीको परीक्षण गरिरहेका छन् । 

एस–४०० एन्टी–एयरक्राफ्ट मिसाइल सिस्टम र पेन्टसिर सेल्फ प्रोपेल्ड मिसाइल तथा गन सिस्टमलाई फायर गरेर तिनको तयारीको परीक्षण गरिएको हो । 

नेटोले कृष्ण सागरमा सैन्य अभ्यास गर्दा रुस चिढिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्