०३ असार २०८३, बुधबार

डाबर नेपालले बजारमा ल्यायो 'नेपालकै पहिलो फोर्टिफाइड जुस'

डाबर नेपालले बजारमा ल्यायो 'नेपालकै पहिलो फोर्टिफाइड जुस'

डाबर नेपालले नयाँ जुस “रियल इम्यूनो म्याङ्गो प्लस” बजारमा ल्याएको छ ।

नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्‍याउनको लागि नयाँ जुस बजारमा ल्याएको कम्पनीले जनाएको छ । यो नेपालकै पहिलो फोर्टिफाइड जुस भएको समेत कम्पनीको दावी छ ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भएपनि नेपालको लागि यो विल्कुलै नयाँ उत्पादन हो ।

परिवारको रोगप्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको कम्पनीले जनाएको छ ।

श्री एच.एस. बेदी, डाबर नेपालका प्रमुखले प्रेस विज्ञप्तिमा भनेका छन्,'ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन वृहत् बनाउँदै नेपालको नं. १ जुस उत्पादक, डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर छ । 
रियल इम्यूनो म्याङ्गो प्लस,एउटा स्वास्थ्यवर्द्धक र ज्यादै मीठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ । रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह,तुलसी, अश्वगन्धा, भिटामिन सी र जिङ्कले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यति मात्र होइन, यो जुस आँपको मीठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ ।'

'अहिलेको यो कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणालाई समय अनुकुल मानेर ज्यादै सराहना गरेका छन,'  डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले भने ।

यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य रु. ३० र १ लिटर प्याकको मूल्य रु. २५० कायम गरिएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्