२९ जेठ २०८३, शुक्रबार

यो पसलमा बाँदरले धुन्छ चियाको कप ! (भिडियो)

असार २०, २०७८
यो पसलमा बाँदरले धुन्छ चियाको कप ! (भिडियो)

भारतको एक चियापसलमा बाँदरले चियाको कप र अन्य भाँडाकुँडा धोएको भिडियो सार्वजनिक भएको छ । 

मान्छेले जस्तै गरी उक्त बाँदरले भाँडाकुँडा धोइरहेको हो । 
 

चियापसलमा आउने मानिसहरूले रुचिपूर्वक बाँदरले भाँडाकुँडा धोएको हेरिरहेको भिडियोमा देखिन्छ । कुर्सीमा बसेको बाँदर सेतो प्लेटलाई पानी राखेको टबमा डुबाउँछ र सफा गर्छ । 

बाँदरले उक्त प्लेटलाई धोइयो कि धोइएन भनेर सुँघेको पनि देखिन्छ । 

मानिसहरू यो भिडियो हेरेर रमाइलो मानिरहेका छन् । तर अन्य केहीले चाहिँ यो पशुमाथिको क्रूरता भएको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्