२७ जेठ २०८३, बुधबार

फलाम बोकेको ट्रकले चितवनमा दुईवटा स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

फलाम बोकेको ट्रकले चितवनमा दुईवटा स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

फलाम बोकेको ट्रकले चितवनमा दुईवटा स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

नारायणगढदेखि लमजुङतर्फ गइरहेको ट्रकले आज दिउँसो ३ बजे भरतपुर–१, आँपटारीनजिक विपरीत दिशाबाट आइरहेको दुईवटा स्कुटरलाई ठक्कर दिएको हो । 

ठक्करबाट प्रदेश ३–००३ प ३५४३ नम्बरको स्कुटरमा सवार तनहुँ देवघाट–१ की ४२ वर्षीया चिनिमाया पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कुटर चालक ३५ वर्षीय पुष्पराज बास्तोलाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । 

यस्तै अर्का स्कुटर चालक तनहुँ देवघाट गाउँपालिका–५ का ३० वर्षीय तिलबहादुर गुरुङ र पछाडि सवार सोही ठाउँकी ३५ वर्षीया सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

ग१ख ९७५६ नम्बरको ट्रकले प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्