२३ असार २०८३, मंगलबार

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतामा संविधान च्यातियोः झाँक्री

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतामा संविधान च्यातियोः झाँक्री

एमाले नेतृ रामकुमारी झाँक्रीले आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि बिचार गरिनुपर्ने बताएकी छिन् । 

अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुषारापात भएको भन्दै उनले राज्यका निकायहरु बीचको जस्तै राष्ट्रपति र प्रधानमन्त्रीमा पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई विचार गरिनुपर्ने बताइन् । 
आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै उनले वर्तमान राष्ट्रपतिले गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्न नसकेको समेत आरोप लगाइन् । 

उनले भनिन्, ‘०७२ सालमा हामीले अर्को राष्ट्रपति बनायौँ । हामीले जुन व्यक्तिलाई प्रस्ताव गर्दै हुनुुहुन्छ, यी व्यक्तिलाई राष्ट्रपति बनाउनु हुँदैन । जसले गणतन्त्रको, लोकतन्त्रको गरिमा र मर्यादालाई राख्नै सक्दैन । कायम गर्नै सक्दैन भनेर हामीले त्यही बेला आन्तरिक हिसाबले भनेका थियौँ । तर त्यो कुरा मानिएन । शक्ति पृथकिकरणको सिद्धान्तको कुरा राज्यका अंगहरुमा मात्रै भन्ने हो र ? एउटै दलभित्र फरक–फरक विचार समुहहरु छन् भनेपनि त्यहाँ चेक एण्ड व्यालेन्सको सिद्धान्त हुनुपर्छ भनेर हामीले त्यहीँभित्र कुरा उठाएका थियौँ । आज दुइजना व्यक्ति मिल्दै गर्दा राष्ट्रपति र प्रधानमन्त्री मिल्दै गर्दा संविधान च्यातचुत, भाँचभुच भएन ? लाखौँका, हजारौँका सपनाहरु माथि तुषारापात भएनन् ? त्यसकारण यस्ता चिजहरुमा एकले अर्काको विरुद्ध प्रयोग गर्दै गर्दा गलत अभ्यासहरु नहुन् भन्नका लागि आगामी दिनमा हामीले खबरदारी गर्नुपर्ने रहेछ । त्यही नगरेको कारणले आज समस्या हाम्रो दलबाट शुरु भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्