
गोल्छा ग्रुपले आइतबार टिचिङ अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाई सामसुङ्गको ३० वटा माइक्रो वेभ ओभन सहयोग गरेको छ ।
गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिच्यूट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेकी छन् ।
उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।
कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक गोल्छाले भनिन्,‘हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको खटिन पर्ने कठिन तथा व्यस्त समयलाई राहत प्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । समर्पित स्वास्थ्यकर्मी प्रति कृतज्ञता व्यक्त गर्ने यो अवसर पाउँदा हामी कृतज्ञ छौँ ।’