२३ असार २०८३, मंगलबार

प्रतिनिधिसभा विघटन मुद्दामा जवाफी बहस शुरू

असार २१, २०७८
प्रतिनिधिसभा विघटन मुद्दामा जवाफी बहस शुरू

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस शुरू गरेका छन् ।

सभामुखका तर्फबाट बहस सकिएपछि आइतवारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस शुरू भएको थियो । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस समेत गरिसकेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईका संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको हो ।

रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने वरिष्ठ अधिवक्ता दाहालपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्नेछन् । रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि ३ घण्टा समय निर्धारण गरिएको थियो । १ घण्टा आइतवार नै सकिएको छ ।

सोमवारका लागि २ घण्टा मात्र समय बाँकी छ । त्यसपछि अदालतका सहयोगीले २ घण्टा बहस गर्ने गर्नेछन् ।
 
एमिकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् । सोमवार जवाफी बहस सकिएपछि एकिकस क्युरीको पालो आउनेछ ।

अदालतका निष्पक्ष सहयोगीले कानूनअनुसार अदालतलाई आफ्नो स्वतन्त्र राय दिनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्