३१ जेठ २०८३, आइतबार

राजेन्द्र महतो भन्छन्–असार १४ को चुनाव सार्नुपर्छ

कात्तिक २०, २०७४
राजेन्द्र महतो भन्छन्–असार १४ को चुनाव सार्नुपर्छ

सर्लाही, २४ जेठ– राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महोतोले असार १४ का लागि तय भएको दोस्रो चरणको निर्वाचन सार्नुपर्ने बताएका छन् ।

सर्लाहीको मलंगवामा बुधबार पत्रकार सम्मेलन गर्दै नेता महतोले आफ्ना मागहरु पूरा नभएको भन्दै असार १४ को निर्वाचन सम्भब नभएको तर्क गरे ।

उनले आफूहरु चुनावमा जान तयार छौं तर हाम्रा मागहरु तत्काल पूरा हुने सम्भावना नरहेको भन्दै तोकिएको मितिमा चुनाव गर्न नसकिने तर्क गरे । ‘ हामी चुनावमा जान तयार छौं, सरकारले हाम्रा माग पुरा गर्नेतर्फ ध्यान दिएको छैन ।’ महतोले भने,‘यदी चुनाव गर्ने नै हो भने असार २८ वा दुई महिनापछि गरौं ।’

उनले नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग पुरा गर्ने आश्वासन दिएको भएपनि त्यसलाई समय लाग्ने भन्दै तोकिएको समयमा आफूहरुलाई चुनावको तयारी गर्न समय अपुग हुने बताए । आफ्ना मागहरुको सुनावाईमा ध्यान दिन महतोले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई सुझाव दिए ।

‘पहिला माओवादीको मागलाई देउवाजीले वास्ता नगर्दा कस्तो समस्या आयो ? अब मधेसको समस्या समाधानमा ध्यन नदिन के हुन्छ ?’ महतोले प्रश्न गरे ।

salt training

कमेन्ट गर्नुहोस्