२६ असार २०८३, शुक्रबार

प्रतिनिधि सभा विघटनको विरोधमा ‘कालो क्याप’ लगाएर संसदमा सहभागी भए कांग्रेस सदस्य

प्रतिनिधि सभा विघटनको विरोधमा ‘कालो क्याप’ लगाएर संसदमा सहभागी भए कांग्रेस सदस्य

प्रतिनिधि सभा विघटनको विरोध भन्दै नपाली कांग्रेसका एक जना सांसदले ‘कालो क्याप’ लगाएर राष्ट्रिय सभाको बैठकमा सहभागिता जनाएका छन् ।

सडक आन्दोलन गर्ने अवस्था नरहेको भन्दै उनले कालो झण्डाको रूपमा आफूले जीवनमै पहिलोपटक क्याप लगाएको बताए । 

सोमवार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रतिनिधि सभा विघटनको विरोधमा आफू फरक पोशाकमा आएको बताए ।

सम्बोधन गरेपछि उनले कालो क्याप खोलेका थिए । उनले शर्ट र कोट पनि कालो लगाएका थिए । 

संसदभित्र सांसदहरूले क्याप लगाउनुलाई मर्यादित मानिँदैन । 

रायमाझीले प्रधानमन्त्री केपी ओलीले निरंकुश ढंगले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए ।

‘सामान्त गोयल आउँदा के डिनर खानुभयो ? संघीय संसद्भित्र एक जनाले बाहेक कसैले विरोध नगरेको चुच्चे नक्सा कहाँ गयो ?’ उनले प्रश्न गरे । 

यसअघि रायमाझीले पहिलो प्रतिनिधि सभा विघटनको समयमा अध्यक्षमार्फत प्रधानमन्त्रीलाई संविधानको प्रति बुझाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्