२० असार २०८३, शनिबार

कैलालीमा बस दुर्घटना हुँदा थारु नेताको मृत्यु

कात्तिक २०, २०७४
कैलालीमा बस दुर्घटना हुँदा थारु नेताको मृत्यु

टीकापुर, २४ जेठ– कैलाली टीकापुरबाट बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

टीकापुरबाट यात्रु बोकेर नेपालगञ्जका लागि हिँडेको ना५ख ५३० नम्बरको बस टीकापुर–लम्की सडक खण्डको पथरैयामा दुर्घटनाग्रस्त भएको हो ।

सडक छेउको खोल्समा खस खस्दा टीकापुर नगरपालिका ९ का जोधिप्रसाद चौधरीको मृत्यु भएको हो । मृतक चौधरी थारु कल्याणकारी सभा कैलालीका उपाध्यक्ष हुन् ।

प्रहरीका अनुसार बस दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्