
पार्टीभित्र सहमतिको प्रयास गर्न भन्दै गठित नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ ।
गत जेठ २ गते गठन भएको कार्यदलको बैठक ५० दिनपछि बसेको हो ।
गत जेठ ४ गते कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो ।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ संयोजक छन् भने माधव नेपालको तर्फबाट उपाध्यक्ष भीम रावल संयोजक छन् ।
संस्थापन पक्षबाट उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।
अध्यक्ष ओली र नेपालबीच एमालेलाई जेठ २ गतेकै अवस्थमा फर्काउन भन्दै गत जेठ २ गते कार्यदल गठन भएको थियो । कार्यदल गठन भएको २ दिनपछि जेठ ४ गते बैठक बसे पनि त्यसयता कार्यदल निष्क्रिय थियो ।
बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा माधव नेपाल पक्षले बागी उम्मेदवारलाई मत हालेपछि कार्यदल निष्क्रिय भएको थियो ।
जेठ ८ गतेमा प्रतिनिधिसभा विघटन भएसँगै नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले विवाद उत्कर्षमा पुगेको थियो ।