०२ साउन २०८३, शनिबार
५० दिनपछि एमाले कार्यदल सक्रिय

पार्टीमा सहमतिबारे एमाले कार्यदल बैठकमा औपचारिक छलफल शुरु, भोलि पुनः बैठक बस्ने

पार्टीमा सहमतिबारे एमाले कार्यदल बैठकमा औपचारिक छलफल शुरु, भोलि पुनः बैठक बस्ने


पार्टीभित्र सहमति खोज्न गठित नेकपा एमाले कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको छ । जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि आज औपचारिक छलफल शुरु गरेको हो । कार्यदलको पहिलो दिनको बैठक सकारात्मक रहेको र भोलिको बैठकमा थप छलफल गरिने कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

विष्टले लामो समयपछि बसेको कार्यदलको बैठकले एमाले भित्र सहमतिका लागि आशावादी हुने संकेत दिएको बताए ।
‘आजको बैठकमा यसअघि अनौपचारिक रुपमा भएका कयौ छलफलको बारेमा समीक्षा भयो । भोलि छलफल गर्नेगरी आजको बैठक सकियो । सहमतिको वातावरण कसरी बनाउन सकिन्छ भन्नेमै छलफल केन्द्रीत रह्यो’ विष्टले भने ।
सचिव विष्टले औपचारिक रुपमा कसरी विवाद टुंगो लगाउन सकिन्छ भनेर दुवै पक्षबीच सकारात्मक ढंगले छलफल शुरु भएको बताए । ‘आशावादी हुने संकेत देखिएको छ, दुवै समूहमा रहेका सदस्यले पार्टी एकताका लागि इमानदारी पूर्वक पहल गछौं । पार्टी एकता सार्थक पुर्याउन बिषयबस्तु प्रस्तुत भएका छन, औपचारिक रुपले छलफल भएका छन् । भोलि व्यवस्थित ढंगले अगाडि अगाडी बढ्ने कुरा भएको छ’ विष्टले भने ।

कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ र माधव नेपालको तर्फबाट भीम रावल संयोजक छन् ।

 


salt training

कमेन्ट गर्नुहोस्