
नेकपा एमालेका उपाध्यक्ष एवं पार्टीको विवाद समाधानका लागि गठित कार्यदलका संयोजक भीम रावलले कार्यदलको बैठक भोलिदेखि निरन्तर बसेर पार्टी विवाद समाधान गर्ने प्रयास गरिने बताएका छन् । अर्थ मन्त्रालय सिंहदरबारमा सोमवार साझ बसेको कार्यदल बैठकपछि बाहिरिने क्रममा रावलले भोलिको बैठकमा मूल विषयमा प्रवेश गर्ने बताएका हुन् ।
‘कार्यदललाई निरन्तर बढाउने बारे छलफल भयो, आज मूल विषयमा प्रवेश गरेनौ । आन्तरिक विषयमा समाधानका लागि प्रयत्न गर्न भोलि बैठक पुन बस्छौ’ रावलले भने ।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रावलबीच आइतवार राति छलफल भएको थियो । सो भेटको भोलिपल्ट कार्यदल सक्रिय भएको हो । ‘कुराकानी धेरै लामो समयदेखि हुँदै आएको थियो । कसरी राष्ट जनता, लोकतन्त्रलाई अगाडि बढाउने भन्ने विषयमा छलफल भएको थियो’ रावलले ओलीसँगको भेटबारे भने ।
कार्यदलको बैठक भोलि पुनः बस्ने कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए ।