३१ जेठ २०८३, आइतबार

उपभोक्तालाई सस्तोमा बिजुली दिन्छौंः प्रधानमन्त्री

उपभोक्तालाई सस्तोमा बिजुली दिन्छौंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग प्रतिष्ठानले मागे जति बिजुली उपलब्ध गराउन प्रसारण लाइनको अभावले नसकिएको सुनाउँदै क्रमशः डिमाण्ड चार्ज तथा अन्य शुल्कसमेत न्यून गर्दै लगिने जानकारी दिएका छन् । उनले बिजुली उत्पादन बढाएर उपभोक्तालाई सस्तोमा दिन सरकार प्रयत्नशील रहेको पनि बताए ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्छौ भन्ने विश्वासमा अभिवृद्धि भएको उल्लेख गरे। हरेक क्षेत्रमा बाह्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आयोजनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले ज्ञान, प्रविधिको विकास र विस्तारलगायतका क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्ने स्पष्ट पारे । जलविद्युत् क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ पनि आयोजनाले विशेष योगदान गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्