०२ असार २०८३, मंगलबार

सुजिता भण्डारीको हत्यारालाई कारवाही गर्न माग गर्दै ज्ञापनपत्र

सुजिता भण्डारीको हत्यारालाई कारवाही गर्न माग गर्दै ज्ञापनपत्र

चिल्ड्रेन भिजन नेपालले सुजिता भण्डारीको हत्यारामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्र्दै आज उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेल समक्ष ज्ञापन पत्र बुझाएको छ ।

भिजन नेपालले चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी सुजिताका हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हदैसम्मको कारवाही गरी आम महिलाको स्वतन्त्रतापूर्वक बाँच्न पाउने संविधान प्रदत्त अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुव्यवस्था कायम गर्न र गराउन जोरदार मागसमेत गरेको छ ।

यही असार ११ गते बिहान साथीको घर जान हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । आइतबार साँझ राप्तीकै सामुदायिक वनमा सुजिताको शव भेटिएको थियो ।

 उपप्रधान तथा गृहमन्त्री पौडेलले जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाएर दोषी उपर कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे । भिजन नेपालका अध्यक्ष रमेश सिलवालले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय गर्न माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्