१० साउन २०८३, आइतबार

तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले लिए शपथ

कात्तिक २०, २०७४
तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले लिए शपथ

काठमाडौं, २४ जेठ– नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

शितल निवासमा आयोजित विशेष कार्यक्रममा  उपप्रधानमन्त्री र मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।

प्रधानमन्नी शेरबहादुर देउवाको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीको रुपमा विजय कुमार गच्छदार, कृण्णबहादुर महरा र गोपालमान श्रेष्ठले शपथ लिएका छन् । उपप्रधानमन्त्रीका रुपमा गच्छदारले संघीय मामिला तथा स्थानीय विकासमन्त्रीका रुपमा शपथ लिएका छन् ।

त्यस्तै गोपालमानले उपप्रधानसहित शिक्षा मन्त्रालय सम्हालेका छन् । माओवादी नेता कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्र मन्त्रालय सम्हालेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा ज्ञानेन्द्र कार्कीले अर्थ मन्त्री, जनार्दन शर्माले गृहमन्त्री, फरमूल्ला मनसुरले श्रम मन्त्रीको रूपमा शपथ लिएका छन् । त्यस्तै माओवादी नेता प्रभु शाहले विना विभागिय मन्त्रीको रुपमा शपथ लिएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्