२८ असार २०८३, आइतबार

ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिका मिलेर कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने

ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिका मिलेर कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने

ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्