२५ असार २०८३, बिहीबार

रक्सी सुँघेर कोरोना निको पार्ने खोजीमा वैज्ञानिकहरू

असार २२, २०७८
रक्सी सुँघेर कोरोना निको पार्ने खोजीमा वैज्ञानिकहरू

कोरोनाभाइरस चारैतिर फैलिएपछि अनेक किसिमका उपचारका दाबी आइरहेका छन् । 

यसैबीच अल्कोहल सुँघेर कोरोना संक्रमणबाट बच्ने विषयमा पनि अनुसन्धान भइरहेको छ । अल्कोहलबाट बनेको स्यानिटाइजर हातमा दलेर सुरक्षा गर्ने त धेरैलाई थाहै भएको हो तर सुँघेर उपचार गर्ने प्रयोग पनि गरिँदैछ । 
 

अल्कोहल भेपर अर्थात् अल्कोहल सुँघेर कोरोनाको उपचारको प्रयोगमा तीन चरणको परिणाम आएपछि वैज्ञानिकहरू उत्साहित भएका छन् । अहिलेसम्मको परीक्षणमा रोगीहरूले केही मिनेटका लागि अल्कोहलको सास लिँदा निकै आराम अनुभव गरेका छन् ।

त्यसो त अल्कोहलको बाफ लिएर भायरस मार्ने तरिका पुरानै हो । तर फोक्सोको संक्रमणका केसमा अल्कोहल सुँघ्ने प्रयोगमा पहिलोपटक सफलता प्राप्त भएको हो । यसको सकारात्मक परिणाम देखेर वैज्ञानिकहरूले यसको सार्वजनिक प्रयोगलाई स्वीकृति दिइएमा मेडिकल क्रान्ति हुने बताए । 

अमेरिकाको औषधि नियमन संस्था फूड यान्ड ड्रग्स एडमिनिस्ट्रेसनको सेन्टर फर ड्रग इभ्यालुएसन यान्ड रिसर्चले यस अनुसन्धानलाई अघि बढाइसकेको छ । 

यस विषयमा अन्तर्राष्ट्रिय जर्नलहरूका खोज प्रकाशित भएका छन् । इन्टरनेसनल जर्नल अफ बेसिक यान्ड क्लिनिकल फार्माकोलोजीमा छापिएको डा सैफुल इस्लामको पेपरका अनुसार, इथाइल अल्कोहल अर्थात् एथनोल सुँघ्दा नाकमार्फत फोक्सोसम्म पुग्छ । 

कोभिड गराउने भाइरस नाकमार्फत घाँटी र फोक्सोमा पुग्ने भएकाले अल्कोहल सुँघ्दा त्यसको प्रतिकार गर्न सकिन्छ । अल्कोहलको ६५ प्रतिशत मात्रा भएको सोल्युसनलाई एस्पिरिनसँग वा सिधै वा अक्सिजनमार्फत फोक्सोसम्म लग्न मिल्छ ।

salt training

कमेन्ट गर्नुहोस्