३१ जेठ २०८३, आइतबार

जसपाका दुवै पक्ष निर्वाचन आयोगमा

जसपाका दुवै पक्ष निर्वाचन आयोगमा

सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग जाने भएका छन् ।

अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो । 

दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो । 

पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई कारवाही गरेका थियो । 

त्यस्तै केपी ओली सरकारमा सहभागी भएर प्रतिनिधि सभा विघटनको समर्थन गरेको भन्दै उपेन्द्र यादव पक्षले महन्थसहितका ४ नेतालाई कारवाही गरेको थियो । 

आयोगको छलफलमा उपेन्द्र यादव, बाबुराम भट्टराईसहित शीर्ष नेता जाने भएका छन् । शुरूमा लक्ष्मणलाल कर्णलाई तोके पनि अर्को पक्षबाट समेत शीर्ष नेताहरू नै आयोग जाने सम्भावना रहेको जसपाका एक नेताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्