१८ असार २०८३, बिहीबार

मनिषा कोइरालाले दिइन् एक एक पाइला फाउन्डेसनलाई स्वास्थ्य सामाग्री

मनिषा कोइरालाले दिइन् एक एक पाइला फाउन्डेसनलाई स्वास्थ्य सामाग्री

अभिनेत्री मनिषा कोइरालाले एक एक पाइला फाउन्डेसनलाई सहयोग गरेकी छन् ।

अभिनेत्री कोइरालाले एक कार्यक्रममार्फत एक एक पाइला फाउन्डेशन सहयोग प्रदान गरेकी हुन् । कार्यक्रम पश्चात उनले आफ्नो स्वास्थ्य पनि परीक्षण गराइन् ।

सहयोग स्वरुप उनले फाउन्डेशनलाई २० थाना अक्सिजन कन्सन्ट्रेटर दिएकी हुन् । कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणको लागि बीएपीएस यूकेको सहयोगमा उक्त सामाग्री अभिनेत्री कोइरालाले एक एक पाइलालाई हस्तान्तरण गरिन् ।

एक-एक पाइला नेपालमा स्वयम्सेवकहरूको एक समूहको  हो । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो ।

हाल यसले थापाथली, काठमाडौंमा रहेको सिटी क्लिनिकमार्फत सेवा सञ्चालन गरिरहेको छ  । एक एक पाइलामार्फत नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण गरिँदै आईरहेको छ ।

सहयोग प्राप्त उक्त सामाग्री एक एक पाइलाको रहोबरमा देशका विभिन्न दुर्गम जिल्लाहरुमा पठाइने छ ।

त्यसको सूची निम्नानुसार छ ।

रोल्पा जिल्ला अस्पताल

हुम्ला जिल्ला अस्पताल

रसुवा जिल्ला अस्पताल

डोल्पा जिल्ला अस्पताल

बाग्लुङ बुर्तिवाङ प्राथमिक केन्द्र

बर्दिया कोविड हस्पिटल

गुल्मी कोविड हस्पिटल मालिका

सप्तरी कृति सामुदायिक अस्पाताल

बैतडी केशरपुरी प्राथमिक स्वास्थ्य केन्ऽ

प्युठान विग्री प्राथमिक स्वास्थ्य केन्ऽ

कालिकोट रास्कोट अस्पताल

तेह्रथुम फेदाद अस्पताल

मुगू रातापानी प्राथमिक स्वास्थ्य केन्द्र

धनकुटा डाडापानी प्राथमिक स्वास्थ्य

धनकुटा जितपुर  प्राथमिक स्वास्थ्य केन्द्र

ओखलढुङा लिखु नगरपालिका

उदयपुर ताप्ली आधारभुत अस्पताल

बाजुरा खप्तड श्री स्वास्थ्य केन्द्र

ताप्लेजुङ् धुम्सा स्वास्थ्य केन्द्र

पूर्वी रुकुम जिल्ला अस्पताल

salt training

कमेन्ट गर्नुहोस्