२८ असार २०८३, आइतबार

प्रचण्डको दाबी : प्रतिनिधिसभा पुनःस्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन्

प्रचण्डको दाबी : प्रतिनिधिसभा पुनःस्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन्
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन् । 

प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने जिकिर गरे । 

केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जलि दिन मंगलवार जनकपुर पुगेका प्रचण्डले प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षरका आधारमा सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दाबी गरे ।

‘प्रतिनिधिसभा पुनःस्थापना हुँदैन भन्नुको अर्थ संविधान र लोकतन्त्र मिचे पनि हुन्छ भन्ने जस्तै हो, त्यतातिर म कल्पना गर्न सक्दिनँ,’ प्रचण्डले भने । 

देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस सकिएको छ । असार २८ गतेको लागि पेशी तोकिएको छ । 

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली एकपछि अर्को गर्दै निरंकुश बन्दै गइरहेको समेत आरोप लगाए ।  

salt training

कमेन्ट गर्नुहोस्