
बलिउडका दिग्गज फिल्म निर्माता करण जोहरले पाँच वर्षपछि नयाँ फिल्म निर्देशन गर्न लागेका छन् ।
फिल्मको नाम 'रकी और रानी की प्रेम कहानी' राखिएको छ ।
मंगलवार अभिनेता रणवीर सिंहको जन्मदिनको अवसरमा करणले फिल्मको आधिकारिक घोषणा गरेका हुन् । फिल्ममा रणवीरका साथै आलिया भट्ट प्रमुख भूमिकामा देखिनेछन् ।
करणले एउटा भिडियो जारी गरेर प्रमुख कलाकार तथा फिल्मको नाम सार्वजनिक गरेका हुन् ।
यस फिल्मलाई इशिता मोइत्रा, शशांक खेतान र सुमीत रोयले लेखेका हुन् ।
यो प्रेमकथा भए पनि परम्परागत किसिमको नभएको करणले बताए ।
फिल्ममा पाका कलाकार धर्मेन्द्र र जया बच्चन पनि देखिने हल्ला छ ।
यो फिल्म सन् २०२२ मा रिलीज गरिनेछ ।
पछिल्लोपटक करणको निर्देशनमा ऐ दिन है मुश्किल फिल्म सन् २०१६ मा आएको थियो ।
Thrilled to get behind the lens with my favourite people in front of it! Presenting Rocky Aur Rani Ki Prem Kahani, headlined by none other than Ranveer Singh and Alia Bhatt and written by Ishita Moitra, Shashank Khaitan & Sumit Roy. pic.twitter.com/vZzGbvv6nS
— Karan Johar (@karanjohar) July 6, 2021