
नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा शुरू भएको छ ।
लामो समयपछि सोमवार ब्युँतिएको कार्यदलको बैठक मंगलवार दोस्रो दिन पनि शुरू भएको छ ।
कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू सहभागी छन् ।
कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ संयोजक छन् भने नेपालको तर्फबाट उपाध्यक्ष भीम रावल संयोजक छन् ।
संस्थापन पक्षबाट उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।