०२ असार २०८३, मंगलबार

देशभित्र रोजगारीका अवसर सिर्जना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नुपर्छ : ओली

देशभित्र रोजगारीका अवसर सिर्जना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नुपर्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले थुप्रै ऐतिहासिक महत्त्व बोकेको सप्तरी अब उप्रान्त पछाडि परेको जिल्लाका रूपमा नरहने बताएका छन् ।

सप्तरीको राजविराजमा बन्न लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलवार भुर्चअल शिलान्यासपछि कार्र्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिष्ठान सप्तरीमा आजसम्म बनेका विकास परियोजनामध्ये सर्वाधिक ठूलो परियोजना बन्न जाने बताए ।

प्रतिष्ठानको स्थापनासँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तीव्र हुने धारणा पनि प्रधानमन्त्री ओलीको थियो । 

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको कुरा अघि बढाएको र निकट भविष्यमा सञ्चालन हुने पुर्वपश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीमा समृद्धिका आयाम थप गर्ने उनले बताए ।

सप्तरीको पश्चिमी क्षेत्रमा सुनकोसी मारिन डाइभर्सनले सिँचाइको सुविधा पुर्‍याउने पनि प्रधानमन्त्री ओलीले बताए ।

सप्तरीका जनतालाई कुनै पनि किसिमको साम्प्रदायिक वा क्षेत्रीय भावना लिएर बेमेलको भाव नराख्न उनले आग्रह गरे । हामी बीचमा रहेका विविधता सम्पत्ति भएकाले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय नबनाउन पनि उनले आग्रह गरे । सबैथरी जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तव्य भएको बताउँदै उनले भने, ‘अब देशभित्र रोजगारीका अवसरहरू सिर्जना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नुपर्छ ।’

सप्तरीको राजविराजमा बन्न लागेको प्रतिष्ठानबाट सप्तरीसहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनताले समेत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्