०८ असार २०८३, सोमबार
एमाले विवाद समाधानको प्रयास

एमाले कार्यदलमा विषयगत छलफल शुरू, भोलि बस्ने गरी सकियो दोस्रो दिनको बैठक

एमाले कार्यदलमा विषयगत छलफल शुरू, भोलि बस्ने गरी सकियो दोस्रो दिनको बैठक

पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक औपचारिक विषवस्तुमा प्रवेश गरेको छ ।

मंगलवार बसेको दोस्रो दिनको बैठकमा मूल विषयमा बुँदागत छलफल शुरू भएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलवार ३ घण्टा छलफल भएको थियो । ‘आज विषयवस्तुमा प्रवेश गरेका छौं । सदस्यहरूबाट महत्त्वपूर्ण कुरा आएको छ । सकारात्मक ढंगले छलफलको शुरूआत भएको छ,’ विष्टले भने । 

कार्यदलमा संस्थापन पक्षका तर्फबाट सुवास नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलले नेतृत्व गरिरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबाट संयुक्त वक्तव्य आउने भनिएपनि मंगलवारको बैठकमा त्यसबारे छलफल नभएको नेता रघुजी पन्तले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्