
पछिल्लो २४ घण्टामा दुई हजार ६३४ संक्रमित थपिएका छन् । १२ हजार ५८५ (पीसीआर ७५०३, एन्टिजेन ५०८२) नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये एक हजार ७१८ पीसीआर र ९१६ नमूना एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको हो ।
हालसम्म नेपालमा ६ लाख ४८ हजार ८५ जना पीसीआर र ३९ हजार ९१० जना एन्टिजेन परीक्षण पोजिटिभ आएको छ ।
कोभिड–१९ बाट थप १५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ५६५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ ।