२२ जेठ २०८३, शुक्रबार

टिप्परको ठक्करले साइकलयात्रीको मृत्यु

असार २२, २०७८
टिप्परको ठक्करले साइकलयात्रीको मृत्यु
प्रतिकात्मक तस्वीर

सप्तरीको कञ्चनरूपमा मंगलवार भएको सडक दुर्घटनामा १ जना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित सडकखण्डअन्तर्गत कञ्चनरुप नगरपालिका–११ बेङ्गरी चोकमा भएको दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया कौशिल्या चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।  
    
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१क २८० नम्बरको टिप्परले साइलकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालयय कञ्चनरूप सप्तरीका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्लिसिनाले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । टिप्पर र चालक इलाका प्रहरी कार्यालयको नियत्रणमा रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्