०६ साउन २०८३, बुधबार

यी महिलाले साँपसँग गरिन् बिहे, प्रेममा छिन् दीवानी

कात्तिक २०, २०७४
यी महिलाले साँपसँग गरिन् बिहे, प्रेममा छिन् दीवानी

प्रेम अन्धो हुन्छ भनिन्छ । तर यो हदसम्म पनि अन्धो हुन सक्दो रहेछ । भारतको उडिसामा ३० वर्षीया बिमबाला दासलाई सर्पसँग प्रेम बसेछ ।


साँपलाई दिनदिनै दूध पिलाउन जाने क्रममा बिमबाला उसको प्रेममा परेकी हुन् । बिमबाला साँपको प्रेममा परेर उससँग विवाह गर्न समेत तयार भइन् ।

सर्प बिमबालाको घरनजिकै बस्थ्यो र उनी त्यससँग प्रेम गर्न थालिन् । अचम्मको कुरा त साँप र मान्छेको बिहेमा पूरा गाउँ आयो । गाउँलेहरूले साँपसँगको विवाहलाई समर्थन गरे ।

उडिसाको अताला गाउँमा हिन्दू रीतिरिवाजका साथ यो विवाह सम्पन्न भयो । पूरै विधिका साथ साँपसँग विवाह गरेर बिमबालाले साँपलाई पति मानिन् ।

आगोनजिक टिक्न नसक्ने हुनाले साँप त विवाह समारोहमा आउन सकेन त्यसैले तामाको साँपका साथ युवतीले अग्निपरिक्रमा गरिन् ।

गाउँलेहरू यो विवाहपछि गाउँमा शुभसमाचार आउने आशा गरिरहेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्