०६ असार २०८३, शनिबार

प्रधानमन्त्री देउवाको शपथमा हाँसो, ओलीसँग हात मिलाउँदा श्रीमती ‘आउट’ !

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवाको शपथमा हाँसो, ओलीसँग हात मिलाउँदा श्रीमती ‘आउट’ !
काठमाडौं, २४ जेठ– नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार शपथ लिएका छन् ।

शितल निवासमा आयोजित एक समाराेहबीच देउवाले राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियतको शपथ लिएका हुन् । चौथोपटक प्रधानमन्त्री बनेका देउवाले आजै सानो आकारको मन्त्रिमण्डलसमेत गठन गरेका छन् ।


प्रधानमन्त्री देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सात जना मन्त्रीलाई शपथ ग्रहण गराइन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, कामु प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारीसहित विभिन्न व्यक्तिको उपस्थिति थियो ।

शपथ ग्रहणपछि बधाइ दिने क्रममा केही रोचक दृश्य समेत देखिए, जसलाई हामीले क्यामेरामा कैद गरेका छौं ।

१. ओली–देउवा पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले हात मिलाएको तस्वीर खिच्न धेरैले ताकेर बसेका थिए । जब देउवालाई बधाइ दिँदै ओलीले हात मिलाए, देउवाले ओलीको हात च्याप्प समातेर माथि उचालेर एक भएर अघि बढ्ने संकेत गरे । त्यसक्रममा उपस्थितहरुमा हाँसो फैलिएको थियो ।


२. श्रीमतीसँग हात मिलाउन माननेनन् श्रीमान् (शेरबहादुर)ले पद तथा गोपनियताको शपथ लिएसँगै आरजु राणा देउवा(श्रीमती) पनि बधाई दिन पुगिन् ।

उनले शुरुमा देउवालाई नमस्कार गरिन् र हात मिलाउन खोजिन् । तर, देउवाले उनी(श्रीमती)सँग हात मिलाउन चाहेनन् । बरु उता जाउ भन्दै हातको इशाराले अगाडिको बाटो देखाए ।


३. महानगरका मेयर भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएका काठमाडौं र ललितपुर महानगरपालिकाका मेयरसमेत सपथ ग्रहण समारोहमा मुस्कुराउँदै पुगेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन पनि प्रधानमन्त्री देउवाको शपथ ग्रहणमा पुगेका थिए ।

कार्यकारी प्रमुखलाई राष्ट्रप्रमुख (राष्ट्रपति)ले सपथ ग्रहण गराउँदा महानगरका मेयर सहभागी भएको नेपाली राजनीतिक इतिहासमा यो पहिलो पटक हो ।










तस्वीर : अशोक महर्जन

salt training

कमेन्ट गर्नुहोस्