२६ जेठ २०८३, मंगलबार

माओवादीले मन्त्री छान्दा बाबुराम भट्टराई किन भए खुसी ?

कात्तिक २०, २०७४
माओवादीले मन्त्री छान्दा बाबुराम भट्टराई किन भए खुसी ?

काठमाडौं, २४ जेठ– नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले पहिलो चरणमा पठाएका मन्त्रीप्रति माओवादीको पूर्व नेता तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले खुसी व्यक्त गरेका छन् ।

माओवादी केन्द्रले पहिलोपटक सही मन्त्री छानेको भन्दै डा. भट्टराईले प्रशंसा पनि गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै माओवादीबाट चयन भएका मन्त्रीलाई बधाई समेत दिएका छन् ।

देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले बुधबार तीनजना मन्त्री पठाएको छ । बुधबार माओवादीबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु साहले मन्त्रीको सपथ ग्रहण गरेका छन् ।

महराले उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी देउवा सरकारमा माओवादीको नेतृत्व गरेका छन् भने जनार्दन शर्माले गृह र प्रभु शाहले विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् ।

महरा र शर्मा मन्त्रीमा दोहरिएका हुन् भने साह नयाँ मन्त्री हुन् । भट्टराई माओवादीमा हुँदा साह उनी निकट मानिन्थे ।


salt training

कमेन्ट गर्नुहोस्