३१ जेठ २०८३, आइतबार

शपथमा जे देखियो : हडबडमा देउवा, आरजुको नमस्कार

कात्तिक २०, २०७४
शपथमा जे देखियो : हडबडमा देउवा, आरजुको नमस्कार
काठमाडौँ, २५ जेठ- साइत हेराएर एक बजेर ५७ मिनेटमा प्रधानमन्त्री बहादुर शेर देउवाले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको थियो । तर, दुई मिनेटपछि मात्र शपथको कार्यक्रम सुरु भयो । देउवाले शपथ लिँदा भने दुई बजेर एक मिनेट गइसकेको थियो, नयाँ पत्रिकामा खबर छ ।shapath

हडबडमा देउवा, माइकले काम गरेन
शपथग्रहण गर्न उभिएपछि देउवा हडबडाएका थिए । बारम्बार चस्मा मिलाउने, दौराको फेरो मिलाउने, नाक सुम्सुम्याउने गरेका थिए । शपथका क्रममा पनि राष्ट्रपतिले भनेकोभन्दा पटक–पटक एक लाइन अगाडि पढेका थिए । राष्ट्रपतिले संकेत गरेपछि सच्याउँदै राष्ट्रपतिले भनेको लाइन पुनः दोहोर्याएका थिए । शपथका वेला वाइरलेस माइकले काम नगर्दा पुनः अर्को माइक ल्याएर शपथ सुरु गरिएको थियो ।

बधाई दिन आएका ओलीको हात जब देउवाले उठाए
संसद्मा मंगलबार सभामुखले देउवा निर्वाचित भएको सूचना घोषणा गर्नु तीन मिनेटअघि नै बाहिरिएका एमाले अध्यक्ष केपी ओली बुधबार शपथग्रहण कार्यक्रममा ढिलो गरी पुगेका थिए । देउवाले शपथ लिएपछि ओलीले हात मिलाएर बधाई दिए । हात मिलाउने क्रममा देउवाले ओलीको हात समाएरै उठाए । एकैछिनपछि ओलीले बधाईका लागि आफूपछिका नेतालाई पालो दिएका थिए ।

आरजुको नमस्कार
प्रधानमन्त्रीपत्नी एवं कांग्रेस सांसद आरजु देउवाले पनि लाइन लागेरै बधाई दिइन् । अरूले जस्तै हाँस्दै आरजुले देउवालाई नमस्कारसहित बधाई दिएकी थिइन् ।

बधाई दिनेको ओइरो
शीतलनिवासमा शपथ लिएलगत्तै प्रधानमन्त्री देउवालाई बधाई दिनेको ओइरो थियो । प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीको शपथ सकिएपछि पूर्वप्रधानमन्त्री, मन्त्री, कूटनीतिक नियोगका प्रतिनिधि, दलका नेता, कर्मचारी, सुरक्षा निकायका प्रमुख, शुभेच्छुकले देउवालाई बधाई दिएका थिए । लाइन लागेकाले बधाई दिँदा झन्डै २० मिनेट लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्