२३ जेठ २०८३, शनिबार

टिप्परले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

असार २५, २०७८
टिप्परले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
प्रतिकात्मक तस्वीर

पोखरामा सवारी दुर्घटनामा परी १ जनाको निधन भएको छ ।

पोखरा महानगरपालिका–५ गणतन्त्र चोकमा ग१ख ९७०३ नम्बरको टिप्परले पैदलयात्री स्याङ्जाको बिरुवा गाउँपालिका–४ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने ४० वर्षीया रीता केसीलाई बिहीवार ठक्कर दिएको थियो ।

टिप्परको ठक्करपछि गम्भीर घाइते केसीलाई उपचारका लागि अस्पताल लगिएकामा उपचारका क्रममा शुक्रवार मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्