२३ असार २०८३, मंगलबार

‘प्रधानमन्त्रीज्यू, पूर्व प्रमको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानूनमा टेकेर गर्नुभयो ?’

‘प्रधानमन्त्रीज्यू, पूर्व प्रमको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानूनमा टेकेर गर्नुभयो ?’

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने गरी भएको निर्णयमाथि प्रश्न उठाएका छन् ।

विदेशमा उपचार गरेको खर्च नव्यहोर्ने व्यवस्था कानूनमा हुँदाहुँदै निर्णय हुनु गलत भएको थापाले जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले आफूले नै विदेशमा उपचार गर्दा खर्च नव्यहोर्ने संशोधन दर्ता गरेको र पारित भएको स्मरण गरे ।

थापाले लेखेका छन्, ‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रचलन थियो । यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौं र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौं । तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन । कानून नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने संशोधन प्रस्ताव राखें । यो संशोधन संसदले स्वीकार्दै बनेको कानून २०७५/६/२ गतेदेखि लागू भयो । कानूनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन । प्रधानमन्त्रीज्यू, अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानूनमा टेकेर गर्नुभयो ?’

salt training

कमेन्ट गर्नुहोस्