०३ असार २०८३, बुधबार

नदीहरूमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन अपिल

नदीहरूमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन अपिल
प्रतिकात्मक तस्वीर

देशका विभिन्न प्रदेशका नदीहरूमा बाढीको आकस्मिक बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।

शनिवार बिहान ट्विटरमा सूचना जारी गर्दै विभागले प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नदीमा बहाव बढ्नसक्ने जनाएको छ ।

विभागले ट्विटरमा लेखेको छ, ‘आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी तथा चुरे भई बहने केही स–साना सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाइराखौ ।’

salt training

कमेन्ट गर्नुहोस्