पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड ४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।
म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिवार बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुंगा समेत खसेको थियो ।
पहिरो हटाएर राजमार्ग एकतर्फी सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए । शुक्रवार र शनिवार वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ ।
ठूला–ठूला ढुंगा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।