३० जेठ २०८३, शनिबार

फोहोर खरिद गर्दै घोराही उपमहानगर, दाङका स्थानीय दंग

असार २६, २०७८
फोहोर खरिद गर्दै घोराही उपमहानगर, दाङका स्थानीय दंग
फाइल फोटो

दाङको घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ ।

बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दंग परेका छन् ।

गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ । 

केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले गत शुक्रवारदेखि नागरिकको घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो । घोराही–१४ नयाँ बसपार्कमा जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहोर व्यवस्थापनले निकै पीडा दिँदै आएको थियो ।

हरेक दिन बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनपर्ने झन्झट हुने गथ्र्यो । पहिलो पटक फोहर बेचेकी रोकाले बीस केजी फोहरको २०५ रुपैयाँ प्राप्त गरिन् । होटलबाट उत्पादन भएको फोहोरले आम्दानी हुने भएपछि उनी खुशी छिन् ।

यो वर्षदेखि उपमहानगरभित्रको फोहोर खरिद गर्ने नीति लिएपछि फोहोर बिक्री गर्ने प्रतिस्पर्धा नै चलेको छ । चालू आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहोर खरिद गर्न शुरू गरेको थियो ।

हालसम्म झण्डै २० हजार रुपैयाँको फोहोर खरिद गरिएको उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो । 

उपमहानगरपालिकाले प्लास्टिकको बोतलसहित नरम पोलिथिन १ किलोलाई १०, कपडा प्रतिकिलो ५, सुर्तीजन्य प्लास्टिकको फोहोर प्रतिकिलो २, गत्ता, कापीसहित वर्गीकरण अनुसारका फोहोरलाई १० देखि २० रुपैयाँसम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ । 

यसरी खरिद गरिएको गल्ने फोहोरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगसँग समन्वय गरेर बिक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्