कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
ढुंगाले छाएको घर । गेटको ठाउँमा बान्नो । त्यसमा प्रयोग गरिएको बाँसको तगारो । तगारोभित्र छिरेपछि भूइँमा मिलाएर बिच्छाइएका ढुंगा ।
नजिकै मकैको सुली । अलि अघिल्तिर पुगेपछि ढिकी, जाँतो । पुराना मौरीका घार । माथिल्लो तलाकोे कौसीमा फर्सी, मकैका झुत्ता लहरै ।
कौसीमा जान काठको भर्याङ । ठूला भरुवा बन्दुक । भोटे ताल्चा । मोही राख्ने आरी । बाजे बज्यैका पालाको मदुस पनि । बस्नलाई राडी । मादल । डम्फू । साथै लोकल रक्सी बनाउने भाडा ।
यो परिदृश्य कुनै पहाडी गाउँले घरको होइन । बाजेका पालाको झल्को दिने शैलीको बुटवल बजार क्षेत्रको रेस्टुरेन्टको हो । बरू यस्ता घर आधुनिकताको नाममा पहाडमै हराइसकेका छन् । मगर किचन नाम दिइएको रेस्टुरेन्टमा परम्परागत नेपाली र मगरका परिकार खान पाइन्छ, हेर्न पाइन्छ ।
उहिलेका खानेकुरा, उहिलेका संस्कृति, जीवनशैली, संस्कार सबैको मिश्रण भएको रेस्टुरेन्ट हो यो । गत वर्ष महामारी बेला सञ्चालनमा ल्याएको हो । शहरमा परम्परागत परिकार पाएपछि धेरैको रोजाइँमा पनि परेको छ मगर किचन ।
पहाडिया झल्को आउने वातावरण सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् सञ्जय काउँछाले । उनी कला साहित्य क्षेत्रबाट यस्तो रेस्टुरेन्टतर्फ मोडिएका हुन् । गाउँले झल्को दिने उनको रेस्टुरेन्टमा स्वाद र परिकार पनि गाउँले शैली गाउँकै उत्पादनका पाक्छन् ।
‘हाम्रामा बन्ने परिकार गाउँकै उत्पादन हुन् । हामीले कोदोको मःमको लागि सिलौटोमै चट्नी पिस्छौं । अग्र्यानिक टेस्ट र गाउँको संस्कृति र भेषभुषासहित नयाँ–नयाँ चिज पस्किने आँट गरेको छु,’ उनले भने, ‘बसे पनि शहर गाउँकै स्वाद, परिकार र संस्कृति देख्ने रहर पुर्याउने सोचका साथ अगाडि बढेको छु ।’
मिलन चोकबाट तीनकुने गएपछि केही उत्तरतर्फ रेग्मी पथमा घर भाडामा मगर किचन छ । पहाडका घरमा जे जसरी पकाइन्थ्यो, त्यसरी नै खाना पकाइन्छ । मसला पनि सिलौटामा पिसिन्छ । भुटेको मकै, मही, सर्वत, भकिम्लोको सर्वत खाना पाइन्छ ।
४५ वर्षका काउँछालाई धेरै अघिदेखि यस्तो रेस्टुरेन्ट बनाउने सोच आएको थियो । उनी भन्छन्, ‘करीब ९ वर्षअघि काठमाडौंको सुन्धारामा एउटा होटलमा खाना खाँदै गर्दा १ जना साथीसँग कुरा गरेका थिए । त्यही सोचलाई अहिले आएर पूरा गरेको छु ।’
पुरानो शैलीको रेस्टुरेन्ट बनाउने रहर पूरा गर्न करीब ६० लाख रुपैयाँ खर्चिएका छन् उनले । रेस्टुरेन्टमा प्रयोग भएका सबै निर्माण सामग्री पनि उनले पहाडबाटै झारेका हुन् । उनी व्यवसाय क्षेत्रका अनुभवी भने होइनन्, यसैले उनी सिक्दैछन् । उनी फिल्मी क्षेत्रका व्यक्ति हुन् ।
कोरियामा करीब ४ वर्ष बिताएर नेपालमै केही गर्छु भनेर फर्किएका व्यक्ति हुन् उनी । मगर भाषाका फेच्र्छ नमखान (सूर्योदय हुँदैछ), मि फुरुङ (कोपिला) र डु यु लभ मी नामका ३ वटा चलचित्रको लेखन र निर्देशन गरेका उनका दिमागमा अनौठो रहर पलाउँथे ।
अझै उनले गीतहरूमा पनि अभिनय गरेका छन् । सबैको नजरमा ..., दुईटा औंठी, हृदयमा टाँसी र ए मेरी दिलकी रानी लगायतका गीतमा अभिनय गरेका छन् उनले । कविता पनि उस्तै लेख्छन् उनी । जीवनको एउटा नमिठो अनुभवलाई उनले पुस्तकमा उतारेका छन् । जिन्दगी कथा संग्रह उनकै कृति हो ।
उनी परिवारसहित मनकामना घुमेर फर्किंदै गर्दा दुर्घटनामा परे । दुर्घटनामा परी परिवारका सबै घाइते भए । ‘घरका हामी ६ जना र अरु ३ जना गरी ९ जना थियौं,’ उनी सम्झिन्छन्, ‘मन्दिर दर्शन गरेर फर्किंदै गर्दा मुग्लिङ नजिकै गाडी दुर्घटना भयो, छोरा अढाइ महिना कोमामा गयो, मृत्युको मुखमा पुगेर फर्कियौं ।’
त्यसपछि उनलाई लाग्यो – जिन्दगी त कतिखेर के हुन्छ भन्ने ठेगान नै रहेनछ । अनि उनले आफ्नो रहर पूरा गर्न र केही आर्थिक हिसाबले पनि बलियो हुन रेस्टुरेन्टलाई छिट्टै नै चलाउने योजना बनाए ।
धेरै हन्डरठक्कर खाएका काउँछा अहिले मगर किचनमा व्यस्त छन् । कोभिड–१९ र ‘लकडाउन’ उनको पेशामा बाधा बन्न अगाडि तेर्सिए पनि आफ्नै पहिचानका सेवाग्राहीका कारण उनले खाली बस्नु परेन । केही दिन अगाडिदेखि स्वास्थ्य सावधानी अपनाएर दोस्रो कोरोना कहरपछि सेवा दिएका छन् । स्थानीय युवाहरू मगर भेषभुषामा रेस्टुरेन्टमा सेवाका लागि तम्तयार रहन्छन् ।
जहाँ कोदो, फापर, गहुँको ढिडो, अचार र मासुका परिकार समेत उपलब्ध हुन्छन् । प्रत्येक खानामा सिस्नो पस्कने गरिएकाले एउटा पहिचान बन्दै गरेको उनले बताए । स्थानीय सेवाग्राही मात्र नभई बाहिरबाट समेत धेरै सेवाग्राही आउन लागेका उनी बताउँछन् ।
सेवाग्राही आउँदा खाना पस्कने तौरतरिकाले पनि आकर्षित हुने गरेका उनको अनुभव छ । चलचित्रको क्षेत्र होस् वा रेस्टुरेन्ट उनको एउटै उद्देश्य मगर समुदायको पहिचान आमनागरिकलाई चिनाउनु रहेको छ ।
‘पहिले कला क्षेत्रबाट, अहिले अर्को सेवा क्षेत्रबाट योगदानमा लागेको छु,’ उनले भने । मगर समुदायका खानपिन, लवाइखवाई, संस्कृतिलाई मगर किचनमार्फत चिनाउने काममा आफूलाई सफलता मिलेको उनी बताउँछन् । कला क्षेत्रबाट छिटो प्रचारप्रसार हुने भए पनि रेस्टुरेन्ट सेवाबाट कला संस्कृतिको प्रचारको गति सुस्त हुने उनी बताउँछन् ।
एउटा फिल्म बनाउन र रेस्टुरेन्टको लगानीको फरकबारे बताउँदै उनले फिल्ममा ठूलो रकम लगानी हुने र प्रतिफलमा जोखिम हुने भए पनि रेस्टुरेन्ट क्षेत्रमा गरेको लगानीमा जोखिम कम र मुनाफा पनि बिस्तारै मिल्ने बताए ।
फिल्म क्षेत्रमा चुनौती रहेको उनी बताउँछन् । विदेशमा श्रम गर्ने युवालाई स्वदेशमै रोजगार गर्न उनी सुझाव दिन्छन् ।
सामाजिक उत्तरदायित्वमा समेत उनी अगाडि बढेका छन् । नेपाली परिकारलाई ब्रान्डिङ गर्ने सोच छ काउछाको । नेपाली खाना सेट, कोदो र फापरको ढिडो, आटा, जेठोबुढो चामल (पोखरेली चामल) को भात, जुम्ली सिमीको दाल, काभ्रो, बुँगोको अचारलाई उनले मेन्युमा राखेका छन् ।
हरेक परिकारसँग सिस्नो अनिवार्य आउँछ । मगरका परिकारहरू बारा (बटुक), सेल, पिँडालु, तरुल, चुकाउनी, पोर्कका परिकारहरू पनि इच्छाअनुसार पाइन्छ । पहाडका स्थानीय जात (लोकल) कुखुराको मासु, बोकाको मासु, गोर्खाली अचार पनि उनले मेन्युमा राखेका छन् । उनको किचनमा अहिले सबै पुस्ताका व्यक्तिहरू एक पटक पुग्न थालेका छन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...