०८ असार २०८३, सोमबार

सर्पको टोकाइबाट बालिकाको मृत्यु

असार २६, २०७८
सर्पको टोकाइबाट बालिकाको मृत्यु
प्रतिकात्मक तस्वीर

नवलपुरको गैंडाकोटमा सर्पको टोकाइबाट १ बालिकाको ज्यान गएको छ ।

सर्पको टोकाइबाट शुक्रवार राति गैंडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । 

राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पुर्‍याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताए । भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट ४ वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्