३२ असार २०८३, बिहीबार

बन्दीपुर नगरपालिकाको बजेट पारित

असार २६, २०७८
बन्दीपुर नगरपालिकाको बजेट पारित

तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५१ करोड ३४ लाख १ हजार ५०० रुपैयाँको बजेट पारित गरेको छ ।

नवौं गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो ।

असार १० गते शुरू भएको गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । 

गाउँपालिकालाई संघ सरकारमार्फत वित्तीय समानीकरण अनुदानबापत ९ करोड ४ लाख, सशर्त अनुदानबापत १८ करोड ७५ लाख रुपैयाँ, विशेष अनुदानबापत २ करोड ४९ लाख, राजस्व बाँडफाँटबापत ६ करोड ५४ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।

गण्डकी प्रदेश सरकारमार्फत वित्तीय समानीकरण अनुदानबापत १ करोड ५ लाख ३१ हजार, राजस्व बाँडफाँटबापत ८९ लाख ३२ हजार, विशेष अनुदानबापत ५० लाख र समपुरक अनुदानबापत ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्