
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर स्थित नेता नेपालको निवास पुगेका थिए ।
नेताद्वय बीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको थियो । भेटमा नेता नेपालले सर्वोच्च अदालतमा पेश गरिएका हस्ताक्षर फिर्ता नहुने अडान दोहोर्याएका थिए ।
एमालेको कार्यदलको बैठक सक्रिय रहेको समयमा बुधवार पनि प्रचण्डले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।
एमालेको कार्यदलले पार्टीमा देखिएको विवाद समाधान गर्ने गरी शुक्रवार सहमति गरेको कार्यदलका सदस्यहरुले बताएका छन् ।