१३ असार २०८३, शनिबार

यस्तो छ सुधीर र रोशनीको ‘तिमी निष्ठुरी हौ’ [भिडियोसहित]

यस्तो छ सुधीर र रोशनीको ‘तिमी निष्ठुरी हौ’ [भिडियोसहित]

मोडेल सुधीर श्रेष्ठ र रोशनी कार्की अभिनित 'तिमी निष्ठुरी हौ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ ।  

गायक बेदु सारु मगरको स्वर रहेको यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन् । 

गीतमा गायक मगरको संगीत छ । दीक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन् ।

गोदावरीमा छायांकन गरिएको भिडियोलाई  पवन सुस्लिङले छायांकन र सम्पादन गरेका हुन् ।  सीता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वर्णिम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।

गायक मगरको आधिकारिक च्यानल 'बेदु सारु मगर' मार्फत भिडियो सार्वजनिक गरिएको हो । भ्वाइस अफ टिनको उपाधि विजेतासमेत रहेका गायक मगरले यसअघि 'डोली पियारी', 'तिमी नै त हौ' लगायतका थुप्रै गीत सार्वजनिक गरिसकेका छन् ।  

 

कमेन्ट गर्नुहोस्