
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राजनीतिक विषयमा कुरा नभएको नेता नेपालको सचिवालयले जनाएको छ ।
उनका स्वकीय सचिव मोहन गौतमले प्रेस नोट जारी गर्दै नेता नेपाल केही दिनदेखि स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेको बताएका छन् ।
‘आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ,’ प्रेस नोटमा भनिएको छ, ‘उहॅाको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु ।’