१९ असार २०८३, शुक्रबार

अफगान सेनाले गरेको कारबाहीमा ५६ तालिबानी मारिए

असार २६, २०७८
अफगान सेनाले गरेको कारबाहीमा ५६ तालिबानी मारिए

अफगानिस्तानको उत्तरी सिबरगन क्षेत्रमा शुक्रबार यहाँको सेनाले गरेको कारबाहीमा परेर कम्तीमा पनि ५६ जना तालिबानी लडाकूहरु मारिएका छन् ।
 
अफगानिस्तानको सरकारी सैन्य फौजले यहाँका तालिबानहरुका विरुद्धमा गरेको कारबाहीमा परी ५६ जना तालिबानी मारिएका  र अरु १० जना घाइते भएका बताइएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्त सिबरगनमा सो कारबाही गरिएको थियो । त्यस कारबाहीका क्रममा अरु २३ जना तालिबानी लडाकूहरुलाई यहाँको सेनाले पक्राउ गरेको थियो ।  

त्यस कारबाहीका क्रममा परेर अरु कैयौँ व्यक्ति हराएका पनि समाचारमा जनाइएको छ ।  उक्त भिडन्तमा परी अफगानिस्तानको सेनाका केही सदस्य पनि हताहत भएको हुन सक्ने आशंका गरिएको छ । तर यस विषयमा यहाँको सेनाले भने कुनै जानकारी दिएको छैन ।

सो क्षेत्रमा शुक्रबार रातिदेखि नै भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् । सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो ।

त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । अफगान सेनाले कारबाही शुरु गरेपछि तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्