३१ जेठ २०८३, आइतबार

भारत : अँगालो हाल्न खोज्ने कार्यकर्तालाई नेताले लगाए चड्कन (भिडियो)

असार २७, २०७८
भारत : अँगालो हाल्न खोज्ने कार्यकर्तालाई नेताले लगाए चड्कन (भिडियो)

भारतको कर्नाटक राज्यमा कांग्रेस पार्टीका अध्यक्ष डीके शिवकुमारले आफूलाई अँगाल्न खोज्ने एक व्यक्तिलाई थप्पड हानेका छन् । 

घटनाको भिडियो सार्वजनिक भएपछि शिवकुमारको आलोचना गरिएको छ । 

ती कार्यकर्ता खासमा जेडी(एस) पार्टीका थिए । उनी शिवकुमार नजिक पुगे अनि अँगालो हाल्ने कोशिश गरे । त्यतिखेर शिवकुमार बिरामी परेका पूर्वमन्त्री जी माडे गौडालाई भेट्न गएका थिए । 

शिवकुमार आवेशमा आएर भने, ‘औकातमा बस । म सजिलो छु भन्दैमा तिमीले सार्वजनिक ठाउँमा जे मन लाग्यो त्यही गर्न पाउँदैनौं । जिम्मेवार भएर व्यवहार गर्नुपर्छ र पार्टी अध्यक्षलाई कसरी व्यवहार गर्नुपर्छ भन्ने थाहा पाउनुपर्छ ।’

भारतीय जनता पार्टीले शिवकुमार हुल्याहा भएको टिप्पणी गरेको छ । राष्ट्रिय दलको अध्यक्ष भएर यसरी व्यक्तिमाथि आक्रमण गर्नु माफीयोग्य छैन, पार्टीले जनायो । 

चड्कन खाने उमेश नामक ती कार्यकर्ताले शिवकुमारलाई सम्मान गर्ने र उनीसँग सेल्फी लिने कोशिश गरेको बताए । तर शिवकुमारको व्यवहारले आफूलाई आहत बनाएको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्