१३ असार २०८३, शनिबार

आफ्नो संसद् भवनमा साउदी अरबले आक्रमण गराएको इरानको आरोप

कात्तिक २०, २०७४
आफ्नो संसद् भवनमा साउदी अरबले आक्रमण गराएको इरानको आरोप

काठमाडौं, २५ जेठ — इरानका रिभोलुसनरी गार्ड्सले तेहरानमा बुधबार संसद् भवन तथा धर्मगुरु खोमेनीको चिहानमा भएको आक्रमणको योजना साउदी अरबले बुनेको आरोप लगाएका छन् । साउदीले भने आरोपलाई अस्वीकार गरेको छ ।


बाह्रजनाको मृत्यु भएको उक्त आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ ।

‘अमेरिकाका राष्ट्रपति र आतंकवादलाई समर्थन गर्ने साउदीका कबिला नेताहरूका बीचको बैठकको एक हप्तापछि यो आतंकवादी आक्रमण भएको छ । इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएबाट उनीहरू यो आक्रमणमा संलग्न रहेको प्रमाणित गर्छ,’ एक वक्तव्यमा भनिएको छ ।

साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबेरले आक्रमणमा रियादको संलग्नता नरहेको बताएका छन् ।

‘हामी जहाँको पनि आतंकवादी आक्रमणलाई भर्त्सना गर्छौं र निर्दोषको ज्यान लिने कामलाई निन्दा गर्छौं,’ उनले भने ।

साउदीलाई आक्रमणका लागि दोषी देखाउने कुनै प्रमाण छैनन् र रियादलाई आक्रमणको जिम्मेवारी लिनेहरूका बारेमा कुनै ज्ञान छैन भनी विदेशमन्त्री जुबेरले बताए ।

इरानी सेनाका ब्रिगेडियर जनरल होसेन सलामीले आक्रमणको इरानले बदला लिने बताएका छन् ।

इरानका राष्ट्रपति हसन रुहानीले यस आक्रमणबाट देश झन् एकताबद्ध हुने बताएका छन् ।

रोयटर्सबाट

salt training

कमेन्ट गर्नुहोस्